दफा ४०
दर्ताको प्रमाणपत्र स्थगित गर्न सक्ने
(१) अधिकार प्राप्त अधिकारीले देहायको अवस्थामा कुनै सवारीको दर्ताको प्रमाणपत्र देहाय बमोजिमको अवधिसम्मको लागि स्थगित गर्ने गरी आदेश दिन सक्नेछः–
(क) सवारीको अवस्था खराब भई सो चलाउँदा सर्वसाधारणको जीउ वा सम्पत्तिमा हानि नोक्सानी हुने देखिएमा सो सवारी सन्तोषप्रदरूपमा मरम्मत नगरेसम्मको अवधिको लागि, र
(ख) सवारी धनीले यस ऐन बमोजिम पूरा गर्नु पर्ने कुनै शर्त पूरा नगरी वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको परिधिभित्र रही अधिकार प्राप्त अधिकारीले दिएको आदेशको उल्लङ्घन गरी सवारी चलाएमा बढीमा छ महीनासम्मको लागि ।
(२) उपदफा (१) बमोजिम दर्ताको प्रमाणपत्र स्थगित गर्ने गरी सवारी धनीलाई आदेश दिंदा अधिकार प्राप्त अधिकारीले सोको कारण समेत स्पष्टरूपमा खुलाएको हुनु पर्छ ।
(३) उपदफा (१) बमोजिम दर्ताको प्रमाणपत्र स्थगित गरेमा अधिकार प्राप्त अधिकारीले त्यसको जानकारी सम्बन्धित प्रहरी कार्यालयलाई दिनु पर्छ ।
(४) उपदफा (१) बमोजिम दर्ताको प्रमाणपत्र स्थगित गरेमा अधिकार प्राप्त अधिकारीले आदेश दिएको मितिले सात दिनभित्र सवारी धनीले दर्ताको प्रमाणपत्र अधिकार प्राप्त अधिकारी समक्ष बुझाउनु पर्छ ।
(५) अधिकार प्राप्त अधिकारीले दर्ताको प्रमाणपत्रको स्थगन अवधि समाप्त भएपछि उपदफा (४) बमोजिम सवारी धनीले बुझाएको दर्ताको प्रमाणपत्र निजलाई नै फिर्ता गर्नु पर्छ ।
(६) उपदफा (५) बमोजिम दर्ताको प्रमाणपत्र सवारी धनीलाई फिर्ता दिंदा अधिकार प्राप्त अधिकारीले सो दर्ताको प्रमाणपत्रमा स्थगित भएको अवधि र कारण समेत स्पष्ट जनाई सो कुराको अभिलेख दर्ता किताबमा समेत जनाउन लगाउनु पर्छ ।